कोरोनाको बीच दक्षिण भारतीय फिल्को बक्स अफिसमा तुफान, नेपालमा पनि रिलिज

डिसी नेपाल
१ माघ २०७७ १६:१६

काठमाडौं। कोरोनाभाइरसका कारण विश्वभरी फिल्म उद्योग लामो समय ठप्प रहे । यही बीचमा रिलिज भएको दक्षिण भारतीय फिल्म मास्टरले बक्स अफिसमा तुफान ल्याएको छ । थलापति विजय र विजय सेतुपतिको फिल्म मास्टरले बक्स अफिसमा धमाकेदार ओपनिङ गरेको छ । यो फिल्मले पहिलो दिन विश्वभरबाट ४० करोड कमाइ गरेको छ । दक्षिण भारतीय फिल्म नेपालमा कम मात्र रिलिज नहुने भए पनि यो फिल्म नेपालमा पनि रिलिज भएको छ ।

लोकेश कनागराजको निर्देशनमा बनेको यो फिल्म बुधबार तमिल, तेलुगु र कन्नड भाषामा रिलिज भएको थियो । बिहीबार यसको हिन्दी संस्करण रिलिज भएको छ । हिन्दी संस्करणको कमाइको हिसाब आउन बाँकी नै छ । बलिउड लाइफका अनुसार यो फिल्मले तमिलनाडुमा मात्र २३ करोड कमाएको छ । केरल र कर्नाटकमा ३–३ करोड कमाएको बताइएको छ । तेलंगना तेलंगना र आन्ध्र प्रदेशमा साढे ४ करोड, भारतका अन्य क्षेत्रमा डेड करोड कमाएको छ । विदेशबाट ४ करोडको कमाइ गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *