वरुण धवनको बिहे यही जनवरीमै

डिसी नेपाल
३ माघ २०७७ ११:३९

काठमाडौं। बलिउड अभिनेता वरुण धवनको बिहे यही जनवरी महिनामा हुने भएको छ । यही जनवरी २४ मा वरुणले गर्लफ्रेण्ड नताशा दलालसँग बिहे गर्न लागेको वरुणका पिता डेभिड धवनका निकट मित्रले पुष्टि गरेका छन् । बिहे अलीबागमा हुँदैछ । बलिउड हंगामाको रिपोर्टअनुसार डेभिडका मित्रले कुली नम्बर १ रिलिज भएसँगै उनीहरुले बिहे गर्ने निर्णय गरेको बताए ।

बिहेमा परिवार बाहेक कुनै पनि मित्रहरुलाई बोलाइएको छैन । एउटालाई बोलाउँदा अर्कोले नराम्रो मान्ने र सबैलाई बोलाउँदा भीड हुने भएकोले यस्तो गरिएको हो । डेभिडको समस्या देखेपछि आफूलाई पनि पाहुनाको सूचीबाट हटाउन भनेको ती मित्रले बताए । वरुण र नताशाको बिहे अघिल्लो मे महिनामा नै हुने तय थियो तर लकडाउनका कारण स्थगित भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *