मेचीपारि पहिलोपटक बन्यो प्रहरीको अस्यायी बिट

डिसी नेपाल
६ माघ २०७७ ८:११
64
Shares

झापा । पहिलोपटक मेचीपारिको नेपाल–भारत सीमानाकामा अस्थायी प्रहरी बिट बनेको छ। भद्रपुर नगरपालिका–५ स्थित मेचीपारिको सीमानाकामा रु १६ लाख ८० हजारको लागतमा पक्की भवन निर्माण गरी सोमबार उद्घाटन गरिएको हो। पुलका उद्घाटन भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले गरेका हुन।

वडा प्रहरी कार्यालय, सामुदायिक प्रहरी सेवा केन्द्र र भद्रपुर नगरपालिकाको सहयोगमा अस्थायी प्रहरी बिट विसं २०७७ जेठ २४ गतेबाट निर्माणकार्य शुरु भई यही माघ ५ गते निर्माण सम्पन्न भएको थियो ।

सीमा क्षेत्रमा हुने कुनै पनि किसिमको आपराधिक गतिविधिको रोकथाम तथा नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने उद्देश्यले मेचीपारि प्रहरी बिट स्थापना गरिएको नगरप्रमुख श्रेष्ठले बताए। मेची नदीपारि पनि नेपाली बस्ती ठूलो छ । मेचीनगर नगरपालिका–१५, भद्रपुर– ५ र ३ मा नेपाली बस्ती रहेको छ।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *