हलिउड अभिनेतामाथि ‘नरभक्षी’ भएको आरोप, प्रेमिकाको रगत पिउन चाहन्थे

डिसी नेपाल
६ माघ २०७७ १६:४७

काठमाडौं। फिल्म ‘कल मी बाइ योर नेम’बाट चर्चामा आएका हलिउड अभिनेता आर्मी ह्यामरको विषयमा निकै आश्चर्यजनक खुलासा भएको छ । आफ्नो लुक र प्रेमसम्बन्धका कारण चर्चामा रहने आर्मीको एक अँध्यारो पाटोको खुलासा भएको छ । सामाजिक संजालमा आर्मीको इन्स्टाग्रामका केही सन्देश भाइरल भएका छन् । ती सन्देशमा आर्मीले आफूलाई नरभक्षी भनेका छन् । आर्मीले यी सन्देश आफ्नी पूर्वप्रेमिकालाई पठाएको बताइएको छ ।

न्यूजवीकका अनुसार सन्देशमा आर्मीले आफ्नो प्रेमिकाको खुट्टाको बुढी औंला काटेर साथमा लिएर घुम्न चाहेको बताएका छन् । एक सन्देशमा उनले लेखेका छन् ‘म शतप्रतिशत नरभक्षी हुँ । म तिमीलाई खान चाहन्छु र मलाई तिम्रो रगत पिउने आवश्यकता महसुस हुन्छ ।’ यसका अलावा उनका अन्य सन्देश पनि भाइरल भएका छन् जसमा उनले पूर्व प्रेमिकालाई आफ्नो दासी बनाउन चाहेको बताएका छन् । यो विवादका कारण आर्मीले आगामी एक्सन कमेडी फिल्म शटगन वेडिङ पनि छोडेका छन् । यो फिल्ममा उनले जेनिफर लोपेजसँग काम गर्ने तय थियो ।

आर्मीले यस विषयमा कुरा गर्दै आफूविरुद्ध भइरहेको अनलाइन आक्रमणका कारण फिल्म छोडेको बताएका छन् । यी स्क्रिनशट एक महिलाले इन्स्टाग्राममा शेयर गरेकी थिइन् । हाउस अफ एफी नामको यो इन्स्टाग्राममा आर्मीको भेरिफाइड इन्स्टाग्रामबाट पठाइएका सन्देश शेयर भएका छन् । यस विषयमा हलिउड अभिनेत्री बेला थ्रोनले भने आर्मीलाई समर्थन गर्दै यी स्क्रिनशटलाई फेक भनेकी छिन् । लेखिका जेसिका हेनरिकले भने यी स्क्रिनशट एकदमै सही रहेको बताउँदै आर्मीलाई दोषी भनेकी छिन् ।

यसअघि पनि आर्मी विवादमा आइसकेका छन् । प्लेब्वाय म्यागजिनको कुराकानीका क्रममा आर्मीले सम्भोगका क्रममा पार्टनरको घाँटी थिच्न र कपाल तान्न मन पर्ने बताएका थिए । आर्मी अमेरिकाको प्रतिष्ठित परिवारका सदस्य हुन् । २०१० मा उनको विवाह एलिजाबेथ च्याम्बर्ससँग भएको थियो । १० वर्षपछि यी दुईको सम्बन्ध बिग्रिएको थियो र जुलाइ २०२० मा यी दुईको सम्बन्धविच्छेद भएको थियो । यसपछि पनि आर्मी कैयौं महिलाहरुसँग सम्बन्धको कुराले चर्चामा रहिसकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *