केजीएफ–१ का मुख्य भिलेन गरुडा कुनै कलाकार थिएनन्, हिरो यशका बडीगार्ड थिए

डिसी नेपाल
६ माघ २०७७ १७:१२

काठमाडौं। कन्नड सुपरस्टार यशको फिल्म केजीएफ च्याप्टर २ को टिजर रिलिज भइसकेको छ । यो फिल्ममा मुख्य खलनायकको रुपमा बलिउड सुपरस्टार संजय दत्त हुनेछन् । संजयले फिल्ममा अधीराको भूमिका निभाउनेछन् । कन्नड उद्योगसहित विदेशमा समेत कैयौं रेकर्ड बनाएको केजीएफ च्याप्टर १ मा भने मुख्य खलनायक रामचन्द्र राजु खुनै कलाकार नै थिएनन् र केजीएफ उनको पहिलो फिल्म थियो । खासमा रामचन्द्र राजु फिल्मका हिरो यशका बडीगार्ड थिए ।

राजुले केजीएफमा गोल्डमाइनका मालिक सूर्यवर्धनका जेठा छोरा गरुडाको भूमिका निभाएका थिए । उनले यो फिल्ममा उत्कृष्ट अभिनय गरेपछि दक्षिण भारतीय फिल्म उद्योगमा उनको लागि ठूला प्रोजेक्टको ढोका खुल्यो । निर्देशक कार्थीको फिल्म सुल्तानमा अर्जुन सारजा, जयम रविसँग कामको अवसर समेत उनले पाए । केजीएफअगाडि यशका बडीगार्ड रहेका र कहिल्यै कलाकारिता नगरेका रामचन्द्रलाई निर्देशक प्रशान्त नीलले यशसँग फिल्मको स्क्रिप्टबारे छलफल गर्ने क्रममा देखेका थिए ।

निर्देशक प्रशान्त नीलले नै रामचन्द्रलाई गरुडाको भूमिकाको लागि अडिशन दिन भनेका थिए । त्यसपछि एक वर्षसम्म फिल्मको कार्यशाला र जिममा तयारी गरेपछि मात्रै उनी केजीएफमा मुख्य भिलेनको रुपमा आएका थिए । २०१८ मा रिलिज भएको केजीएफले बक्स अफिसमा २५० करोडभन्दा धेरैको कमाइ गरेको थियो र यति ठूलो कमाइ गर्ने यो पहिलो कन्नड फिल्म थियो । यो पाकिस्तानमा समेत रिलिज भएको थियो र पाकिस्तानमा रिलिज हुने पहिलो कन्नड फिल्म बनेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *