४ महिनापछि जेलबाहिर

डिसी नेपाल
८ माघ २०७७ १६:२३

काठमाडौं। अभिनेत्री रागिनी द्विवेदी ४ महिनापछि जेलबाट छुटेकी छिन् । ४ महिनाअघि सेप्टेम्बरमा ड्रग्स केसमा पक्राउ परेकी रागिनीलाई आज भारतको सर्वोच्च अदालतले जमानत दिएको हो । कन्नड फिल्मकी अभिनेत्री रागिनीले यसअघि २ पटक जमानतका लागि आवेदन दिएकी थिइन् तर अदालतले रद्द गरिदिएको थियो । उनलाई क्राइम ब्रान्चको टिमले ४ सेप्टेम्बरमा पक्राउ गरेको थियो ।

टाइम्स अफ इण्डियाका अनुसार यसअघि ३ नोभेम्बरमा कर्नाटक उच्च न्यायालयले रिगिनीसहित अन्य २ जनालाई जमानत नदिने फैसला सुनाएको थियो । तल्लो अदालतको यो फैसलालाई बिहीबार सर्वोच्च अदालतले रद्द गरेको हो । रागिनी मोडल र कन्नड फिल्मकी चर्चित अभिनेत्री हुन् । उनी २००८ मा फेमिना मिस इण्डियाकी उपविजेता हुन् । २००९ मा वीर मदकरी फिल्मबाट करिअरको सुरुवात गरेकी रागिनीले केम्पे गौडा, शिव, बंगारी, रागिनी आइपिएस लगायतका फिल्ममा काम गरेकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *