काभ्रेमा विप्लव समूहले राखेकाे बम नेपाली सेनाद्वारा डिस्पाेज

डिसी नेपाल
१० माघ २०७७ ९:०८
708
Shares

काठमाडौं । विप्लव समूहले काभ्रेको बनेपामा राखेको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ। गस्तिमा गएको प्रहरी टोलीले सडकमा संकास्पद वस्तु देखेपछि विहान ३ बजेदेखि अरनिको राजमार्ग पूर्णरुपले बन्द गरेर बम खोज्ने कार्य गरेको डिएसपी कुमार विक्रम थापाले जानकारी दिए।

डिएसपी थापाका अनुसार नेपाली सेनाको टोलीले बमलाई डिस्पोज गरेपछि अहिले अरनिको राजमार्ग पनि पुनः सञ्चालनमा आएको छ। उनले डिसी नेपालसँग भने, ‘बम छ भन्ने कुरा थाहा भएपछि हामीले राजमार्गमा आउजाउ रोकेका हौं। अहिले पूर्णरुपमा सञ्चालनमा आइसक्यो।’

अन्य ठाउँमा पनि बम राखिएको हुनसक्ने र कुहिरो लागेका कारण खोज्न कठिन भएको प्रहरीको भनाई छ। प्रेसरकुकर बम बनेपाको बुडोलस्थित सडकमा राखिएको थियो।

सरकारद्वारा प्रतिबन्धित उक्त समूहले आफ्ना केन्द्रीय नेता कञ्चनलाई पक्राउ गरेको विरोधमा आज नेपालबन्दको समेत आह्वान गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *