उत्तेजनाले कसैलाई फाइदा गर्दैन : मन्त्री ज्ञवाली

डिसी नेपाल
१० माघ २०७७ २३:३२
64
Shares

गुल्मी। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले वर्तमान सरकारले राष्ट्रिय हितलाई सर्वोपरि मान्दै राम्रा र जनपक्षीय काम गर्दा पनि आफ्नै पार्टीका नेताले घेराबन्दीमा पारेर समस्या सिर्जना गरेकाले मुलुकमा यो परिस्थिति उत्पन्न भएको बताएका छन्।

उनले दम्भ, आवेग र उत्तेजनाका कारण मुलुकमा अस्थिरता उत्पन्न भएको बताए। नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) रेसुङ्गा नगर कमिटी गुल्मीले शनिबार तम्घासमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा मन्त्री ज्ञवालीले भने, “आवेग, उत्तेजना र रिसले कसैलाई फाइदा गर्दैन, हाम्रो आपत्ति उहाँहरु हिँडेको बाटोप्रति हो तर व्यक्तिप्रति हैन।”

नेकपा (ओली) का प्रवक्ता ज्ञवालीले गलत कुरासँग बारम्बार सम्झौता गर्नुभन्दा जनतालाई फैसला गर्न दिनु उत्तम ठानेर प्रतिनिधिसभा विघटन गरी चुनावको घोषणा गरिएको बताए। उनले यो फैसलाले जनताको सर्वोच्चताको विश्वास पैदा भएको दाबी गरे। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *