नीलो मोनोकोनीमा सारा अली खानको जलपरी अवतार

डिसी नेपाल
११ माघ २०७७ १६:१२

काठमाडौं। बलिउड अभिनेत्री सारा अली खान अहिले माल्दिभ्समा विदा मनाउँदैछिन् । साराले यो यात्राका क्रममा नीलो मोनोकोनीमा केही हट फोटोहरु शेयर गरेकी छिन् । साराका यी तस्वीरहरु सामाजिक संजालमा चर्चामा छन् । नीलो मानोकोनी र सनग्लासमा साराले सूर्यको प्रकाशको मजा लिइरहेकी छिन् । उनले सूर्यतर्फ हेर्दै पोज दिएकी छिन् ।

सारा केही समयदेखि माल्दिभ्समा छिन् जहाँ उनको साथमा आमा अमृता र भाइ इब्राहिम पनि छन् । तीनैजनाले समूहमा खिचिएको फोटो पनि शेयर गरेका छन् । सारा पछिल्लो समय वरुण धवनसँग फिल्म कुली नम्बर १ मा देखिएकी थिइन् । वरुण धवनको साथमा यो फिल्म २५ डिसेम्बरमा रिलिज भएको थियो । यो फिल्मले व्यवसायिक सफलता भने पाउन सकेन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *