प्रधानमन्त्रीको अभिव्यक्तिप्रति बार एशाेशिएसनको आपत्ति

डिसी नेपाल
११ माघ २०७७ १९:१८
64
Shares

काठमाडौं । वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई लक्षित गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिलाई लिएर नेपाल बार एसोसिएसनले आपत्ति जनाएको छ।

आइतबार एक विज्ञप्ति जारी गर्दै नेपाल बारले प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिले कानुन व्यवसायीहरुको अपमान भएको उल्लेख गरेकोे छ।

प्रधानमन्त्री ओलीले माघ ९ गते एक भेलामा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बहस गर्ने वरिष्ठ अधिवक्ता भण्डारीप्रति लक्षित गरेर अपमानजनक भनाइ राखेको नेपाल बारको धारणा छ ।

यस्तै, प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई लिएर नेपाल बारका चार पूर्वअध्यक्षहरूले पनि आइतबार नै विज्ञप्ति जारी गरेर आपत्ति जनाएका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *