१५ तस्वीरमा हेर्नुहोस् वरुण धवन–नताशा दलालको बिहे, विवाहित भएपछि वरुणले के भने ?

डिसी नेपाल
१२ माघ २०७७ १३:४५

मुम्बइ। बलिउड अभिनेता वरुण धवनले आफ्नी गर्लफ्रेण्ड नताशा दलालसँग बिहे गरेका छन् । नताशा फेशन डिजाइनर हुन् । बिहेको प्रक्रिया पूरा भएपनि वरुणले स्वयं सामाजिक संजालमा तस्वीर शेयर गरेका छन् । फोटो शेयर गर्दै वरुणले लेखेका छन् ‘जीवनभरको प्रेम भर्खरै आधिकारिक भएको छ ।’ मेन्सन हाउसमा क्यामेरा र मिडियामाथि लगाइएको कडा प्रतिबन्धका बीच वरुण–नताशाले बिहे गरेका हुन् ।

अब २ फेब्रुअरीमा रिसेप्सन हुनेछ । रिसेप्सन मुम्बइको जेडब्लु मेरियट होटलमा हुने बताइएको छ । त्यसपछि वरुण र नताशा हनिमूनको लागि टर्की जाने बताइएको छ । नताशा फेशन डिजाइनर हुन् र उनको लेबल बिहेमा बेहुलीको पहिरन बनाउनको लागि परिचित छ । नताशाले आफूले लगाएको पहिरन आफैं डिजाइन गरेकी हुन् । वरुण र उनको परिवारको पहिरन भने डिजाइनर मनिष मल्होत्राले डिजाइन गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *