झुण्डिएको अवस्थामा अभिनेत्रीको शव भेटियो

डिसी नेपाल
१३ माघ २०७७ ११:१५

काठमाडौं। कन्नड अभिनेत्री जयश्री रमैयाको शव झुण्डिएको अवस्थामा फेला परेको छ । बिग बोस कन्नडकी पूर्व सहभागी समेत रहेकी जयश्रीले आत्महत्या गरेको आशंका गरिएको छ । सोमबार उनको शव भेटिएको हो । उनी बैंगलोरस्थित एक वृद्धाश्रममा बस्दै आएकी थिइन् । उनको शवलाई पोस्टमार्टमको लागि नीलमंगला अस्पताल पठाइएको भारतीय संचारमाध्यममले जनाएका छन् । पुलिसले प्रारम्भिक जाँचपछि उनले आत्महत्या गरेको हुन सक्ने बताएको छ ।

जयश्री लामो समयदेखि डिप्रेसनको शिकार थिइन् र उनको बैंगलोरमा उपचार भइरहेको थियो । उनले २०२० मा फेसबुकमा पोस्ट गर्दै आफूले मानसिक रुपमा ठिक महसुस नगरेको बताएकी थिइन् । जयश्रीले यसअघि पनि पटक पटक सामाजिक संजालमार्फत आफू डिप्रेसनको शिकार भएको र मर्न चाहेको बताउने गरेकी थिइन् । उनले आफूले लामो समयसम्म डिप्रेसन झेल्न नसकेको बताएकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *