बाहुबली निर्देशक एसएस राजामौलीको फिल्म आरआरआरको रिलिज मिति तय

डिसी नेपाल
१३ माघ २०७७ १२:२०

काठमाडौं। ब्लकबस्टर फिल्म बाहुबलीका निर्देशक एसएस राजमौलीले निर्देशन गरेको आगामी फिल्म आरआरआरको रिलिज मिति तय भएको छ । तेलुगु सुपरस्टार राम चरण र जुनियर एनटीआर स्टारर फिल्म आरआरआर आगामी दशैंमा रिलिज हुनेछ । अभिनेत्री आलिया भट्टले सोमबार सामाजिक संजालमा फिल्मको नयाँ पोस्टर पोस्ट गर्दै यसको जानकारी दिएकी हुन् । फिल्ममा राम चरण र जुनियर एनटिआरसँग अजय देवगन, श्रेया शरण र आलिया भट्ट पनि महत्वपूर्ण भूमिकामा छन् ।

 

View this post on Instagram

 

A post shared by Alia Bhatt ☀️ (@aliaabhatt)

आलिया भट्टले लेखेकी छिन् ‘आरआरआरको लागि तयार रहनुस् । १३ अक्टोबरमा सिनेमाघरमा रिलिज हुनेछ ।’ फिल्मका निर्माता डिभीभी दानैयाले एक भारतीय अखबारसँग कुरा गर्दै टिम शुटिङको अन्तिम चरणमा पुगेको बताएका छन् । यो फिल्म १९२० को दशकका क्रान्तिकारीहरु अल्लुरी सीतारामा राजु र कोमाराम भीमको जीवनमा आधारित छ । यसअघि यही जनवरी ८ मा रिलिज गर्ने भनिएको यो फिल्म कोरोनाभाइरसका कारण पछाडि सरेको थियो ।

आरआरआर तेलुगु, तमिल, हिन्दी, मलायालम र कन्नड गरी ५ भाषामा रिलिज हुनेछ । रिपोर्टका अनुसार अहिले राम चरण र जुनियर एनटिआरले फिल्मको क्लाइमेक्सको सुटिङ गरिरहेका छन् । बाहुबलीजस्तो ब्लकबस्टर सिरिज बनाएका एसएस राजामौलीले यो फिल्मलाई ४५० करोडको विशाल बजेटमा बनाउँदैछन् । यो फिल्म पनि ब्लकबस्टर हुने अनुमान गरिएको छ । दर्शकहरुले फिल्मको व्यग्र प्रतिक्षा गरिरहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *