नेकपा विवाद : निर्वाचन आयोगले दुबै समूहलाई पत्र पठायाे

डिसी नेपाल
१३ माघ २०७७ १६:०५
88
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवादबारे निर्वाचन आयोगले दुबै समूहलाई पत्र पठाएको छ। आइतबारको बैठकको निर्णय पठाउँदै निर्वाचन आयोगले केपी ओली र प्रचण्ड अध्यक्ष, तथा विष्णु पौडेल महासचिव रहेको पार्टी नै कायम रहेको जानकारी दिएको छ।

आयोगले ओली र प्रचण्ड पक्षलाई अलग अलग पत्र पठाउँदै विधान संशोधन तथा केन्द्रीय समिति विस्तार गर्ने ओलीको निर्णय र माधवकुमार नेपाललाई अध्यक्ष बनाउने प्रचण्ड पक्षको निर्णय पनि अस्वीकार गरेको छ।

ओलीनै प्रमुख पदाधिकारी भएको विवरण २०७७ पुस ५ गते प्रतिनिधिसभा विघटन नहुँदासम्म पार्टीमा कुनै फरक मत उत्पन्न भई सोको जानकारी आयोगमा कुनै पक्षले गराएको समेत नदेखिएको निर्णयमा उल्लेख छ।

दुवै पक्षलाई पठाएको पत्रमा नेकपाको विधानको धारा १८ मा अध्यक्षको परामर्शमा केन्द्रीय कमिटी, पोलिब्यूरो, स्थायी कमिटी लगायतका बैठक बोलाउने र कार्यसूची तयार गर्ने व्यवस्था भएको र त्यस्तो बैठक बोलाउने अधिकार विधानतः अध्यक्षको परामर्शमा महासचिवलाई भएको पनि आयोगले निर्णमा उल्लेख गरेको छ।

‘पार्टीको विधान धारा १८ झ २ र ५ बमोजिम गठन भएको केन्द्रीय कमिटीमा प्रचण्ड साविक झै दुई नम्बरमा हुनुहुन्छ।’ आयोगले पठाएको पत्रमा लेखिएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *