पार्टी एकीकरणका लागि बामदेवको नयाँ अवधारणा (पूर्णपाठसहित)

डिसी नेपाल
१४ माघ २०७७ १३:५३

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तत्कालीन उपाध्यक्ष बामदेव गौतमले नेकपा एकीकरणका लागि नयाँ अवधारणा सार्वजनिक गरेका छन्।

प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) तथा बरिष्ठ नेता नेपालले पार्टीको आन्तरिक विवादका कारण नेकपालाई दुई समूहमा विभाजन गरेपछि गौतमले एकीकरणका लागि अभियान नै थालेका छन्।

एकीकरण अभियानको घाेषणा गर्दैै नेता गौतमले नेकपालाई फेरि एकजुट गराउन पहल थाल्ने बताएका छन्। नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड–नेपाल गरी नेकपा दुई समूहमा विभाजित भएको छ।

निर्वाचन आयोगले दुबै समूहलाई मान्यता नदिए पनि अलग अलग कर्याक्रम गरिरहेका छन्। तर, उपाध्यक्ष गौतम भने पुनः एकीकरणका लागि अभियान थालेका छन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *