बलिउडका चर्चित हस्तीहरु गिरफ्तार हुन सक्ने, सर्वोच्च अदालतले गिरफ्तारी रोक्न मानेन
काठमाडौं। बलिउडका सुपरस्टार सैफ अली खान, निर्देशक अली अब्बास जाफर, अभिनेत्री डिम्पल कपाडिया, अभिनेता सुनिल ग्रोवरसहितका कैयौं चर्चित हस्तीहरु गिरफ्तार हुन सक्ने जोखिम बढेको छ । यी बलिउड स्टारहरुले आफ्नो गिरफ्तारी रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको निवेदन अदालतले खारेज गरिदिएको छ । वेब सिरिज ताण्डवविरुद्ध विभिन्न राज्यमा दर्ता गराइएका एफआइआरका विषयमा सुनुवाइ गर्दै अदालतले यस्तो आदेश दिएको हो । सर्वोच्चले राहतको लागि हाइकोर्ट जान भनेको छ ।
अदालतले सबै राज्यहरुमा दर्ता गरिएका एफआइआरलाई आपसमा जोड्न आदेश दिएको छ । अब यो मुद्दामा ४ हप्तापछि अर्को सुनुवाइ हुनेछ । अली अब्बार जाफर निर्देशित ताण्डवविरुद्ध विभिन्न राज्यमा एफआइआर दर्ता भएपछि ताण्डव टिम सर्वोच्च अदालत गएको थियो । अली अब्बास जाफर सलमान खानका सुपरहिट फिल्महरु सुल्तान, टाइगर जिन्दा है, भारतका निर्देशक हुन् । ताण्डवविरुद्ध एफआइआर दर्ता भएपछि अमेजन प्रा०म इण्डियाकी प्रमुख अपर्ण पुरोहित, निर्माता हिमांशु कृष्ण मेहरा, लेखक गौरव सोलंकी र अभिनेता जीशान अयुब अदालत पुगेका थिए ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment