बलिउडका चर्चित हस्तीहरु गिरफ्तार हुन सक्ने, सर्वोच्च अदालतले गिरफ्तारी रोक्न मानेन

डिसी नेपाल
१४ माघ २०७७ १७:२०

काठमाडौं। बलिउडका सुपरस्टार सैफ अली खान, निर्देशक अली अब्बास जाफर, अभिनेत्री डिम्पल कपाडिया, अभिनेता सुनिल ग्रोवरसहितका कैयौं चर्चित हस्तीहरु गिरफ्तार हुन सक्ने जोखिम बढेको छ । यी बलिउड स्टारहरुले आफ्नो गिरफ्तारी रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको निवेदन अदालतले खारेज गरिदिएको छ । वेब सिरिज ताण्डवविरुद्ध विभिन्न राज्यमा दर्ता गराइएका एफआइआरका विषयमा सुनुवाइ गर्दै अदालतले यस्तो आदेश दिएको हो । सर्वोच्चले राहतको लागि हाइकोर्ट जान भनेको छ ।

अदालतले सबै राज्यहरुमा दर्ता गरिएका एफआइआरलाई आपसमा जोड्न आदेश दिएको छ । अब यो मुद्दामा ४ हप्तापछि अर्को सुनुवाइ हुनेछ । अली अब्बार जाफर निर्देशित ताण्डवविरुद्ध विभिन्न राज्यमा एफआइआर दर्ता भएपछि ताण्डव टिम सर्वोच्च अदालत गएको थियो । अली अब्बास जाफर सलमान खानका सुपरहिट फिल्महरु सुल्तान, टाइगर जिन्दा है, भारतका निर्देशक हुन् । ताण्डवविरुद्ध एफआइआर दर्ता भएपछि अमेजन प्रा०म इण्डियाकी प्रमुख अपर्ण पुरोहित, निर्माता हिमांशु कृष्ण मेहरा, लेखक गौरव सोलंकी र अभिनेता जीशान अयुब अदालत पुगेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *