प्रादेशिक सञ्चार प्रतिष्ठान कार्यसम्पादन सम्झौता
माेरङ । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा बिहीबार प्रादेशिक सञ्चार प्रतिष्ठानले कार्यसम्पादन सम्झौता गरेको छ।
प्रतिष्ठानका कार्यकारी निर्देशक यज्ञप्रसाद शर्मा र आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेलबीच कार्यसम्पादन सम्झौता भएको हो।
सो अवसरमा कार्यकारी निर्देशक शर्माले कार्यसम्पादन सम्झौतापछि प्रतिष्ठानले काम शुरु गर्ने जानकारी दिँदै प्रशिक्षण कार्यविधि, साङ्गठनिक संरचना निर्माणलगायतका काम शुरु गरिने बताए।
प्रतिष्ठानको नियमावलीमा कार्यसम्पादन करारपछि मात्रै प्रतिष्ठानको काम शुरु हुने व्यवस्था छ। प्रतिष्ठानले पत्रकारको क्षमतावृद्धि, सञ्चारगृहसम्बन्धी नीति निर्माण, पत्रकारिता क्षेत्रको विकासका लागि अध्ययन अनुसन्धान, सूचनाको हक र पत्रकार आचारसंहितासम्बन्धी सचेतना अभिवृद्धिलगायत काम गर्ने छ।
प्रदेश नं १ को मन्त्रिपरिषद्को गत पुस ६ गतेको बैठकले वरिष्ठ पत्रकार शर्मालाई प्रादेशिक सञ्चार प्रतिष्ठानको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो।रासस
No ads found for this position


डिसी नेपाल
Facebook Comment