नयाँ सदस्यता बाँड्दा पुरानो लफडा झिक्न खोजेपछि एनआरएनए अमेरिकामा विवाद

डिसी नेपाल
२६ माघ २०७७ १९:३२

वासिंगटन डिसी । गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समिति अमेरिकाको दुईबर्ष अघिको निर्वाचनमा फर्जी सदस्यहरु बनाई फर्जी मत प्रयोग भएको विषयको छानविन चलिरहेका बेला सदस्यता विवादमा बखेडा शुरु भएको छ ।

एनआरएनए अन्तर्राष्ट्रिय समितिले सदस्य बनाउने काम रोक्न गरेको लिखित निर्देशनलाई बेवास्ता गरी बनाइएका सदस्यहरुको भविष्य के हुने भन्ने विवाद चलिरहेको अवस्थामा पुरानो काण्ड छानविन गर्न अन्तर्राष्ट्रिय समितिबाट गठित छानविन समितिले कतिपय नामहरुबारे यकिन गर्ने प्रयास गरेको कुराले सन् २०१९ मा फर्जी मतको विवादमा परेकाहरु फेरि अप्ठेरोमा परेका छन् ।

यही समूहका केहीले फर्जी मत छानविनलाई असहयोग गर्दै आएको अवस्थामा एनआरएनए अमेरिकालाई शुद्ध सामाजिक संस्था बनाउनुपर्छ भन्ने समुदायले छानविनलाई सहयोग गरेपछि असहयोग गर्नेहरु समस्यामा पर्दै आएका छन् । यसैबीच फेब्रुअरी ६ मा एक प्रेस विज्ञप्ति जारी गर्दै छानविन समितिका संयोजक राजन त्रिपाठीले आफ्नो समिति सन् २०१९ को फर्जी मत विवादको छानविनमा मात्र केन्द्रीत भएको प्रष्ट पारेका छन् ।

छानविन समितिका सदस्यहरु कृष्ण लामिछाने, शिव नेपाल, प्रकाश सापकोटा र नवराज रोस्यरा तथा संचार सब कमिटीका संयोजक शिव नेपाल र सदस्यहरु सुरेन सापकोटा र सबु सापकोटाको समेत नाम राखेर जारी गरिएको विज्ञप्तिमा भनिएको छ— “सो २०१९—२०२१ को विवादित भनिएकोमात्र सदस्यता छानविन गर्ने क्रममा केही सदस्यहरुको जानकारी चाहिएकोले सोही सदस्यहरुलाई मात्र हाम्रो (संचार) सबकमिटीमार्फत हामीले सम्पर्क गरेको जानकारी गराउन चाहन्छौं । स्मरणरहोस, हाम्रो सबकमिटीले हालको २०२१—२०२३ को निर्वाचन प्रकृयामा असर पर्ने गरी कुनै पनि कार्य गरेको छैन । हामीले गरेको छानबिन नितान्त २०१९—२०२१ को विवादित भनिएको सदस्यताको छानबिनको लागि मात्र हो भन्ने स्पष्ट पार्न चाहन्छौं ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *