नेपालको संविधानमा भाषा धेरैअशुद्ध छः प्रा.डा.पौडेल

डिसी नेपाल
२ फागुन २०७७ १५:५०
120
Shares

काठमाडौं। नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य प्रा.डा.हेमनाथ पौडेलले नेपालको संविधान–२०७२ मा धेरै भाषा अशुद्ध रहेको गुनासो गरेका छन्।

आइतबार डिसी नेपालका पत्रकारलाई भाषासम्बन्धी प्रशिक्षण दिने क्रममा उनले यस्तो गुनासो गरेका हुन्। उनले उक्त संविधान तयार भइसकेपछि अन्तिममा आफूले भाषा शुद्धाशुद्धी हेरे पनि त्यो प्रयोग नगरिएकाले संविधानमा धेरै भाषा अशुद्ध भएको बताएका छन्।

सरकारका प्रतिनिधिले संविधान तयार भइसकेपछि अन्तिममा भाषा शुद्धाशुद्धी हेर्न भनेर नेपाल प्रज्ञा प्रतिष्ठानमा पठाएका थिए। छोटो समयमै शुद्धाशुद्धी हेरिसक्नु परेकाले आफूले बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म बसेर भाषा सच्याएर पठाएको उनले बताए।

तर, सरकारका निकट रहेका पुराना भाषाविद्ले पहिल्यै नै सच्याइएकोलाई नै उनीहरुले प्रयोग गरेको उनले बताए। पछि संविधान आएसकेपछि भाषा हेर्दा आफू छक्क परेको डा.पौडेलले बताए।

प्रशिक्षणका क्रममा डा.पौडेलले धेरै मिडियाकर्मीले भाषा अशुद्ध लेख्ने गरेको गुनासो गरे। पत्रपत्रिकामा भन्दा पनि अनलाइनहरुमा प्राय भाषा अशुद्ध रहेको उनले गुनासो गरे। उनका अनुसार पत्रपत्रिकाहरुले भाषाविद्समेत राख्ने भएकाले पत्रिकामा लेखिएका भाषा शुद्ध हुने गरेको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *