विवेकशील साझा पार्टीको सञ्चार तथा सूचना प्रविधि विभाग गठन, प्रमुखमा परियार
काठमाडौं। विवेकशील साझा पार्टीले सञ्चार तथा सूचना प्रविधि विभाग गठन गरेको छ। पार्टीका केन्द्रीय सचिवालय सदस्य प्रकाशचन्द्र परियारको नेतृत्वमा विभाग गठन गरिएको हो।
आम संचार, सामाजिक सञ्जाल, सूचना र प्रविधिसँग पार्टीका गतिविधिलाई जोड्न विभाग गठन गरिएको विभागका प्रमुख प्रकाशचन्द्र परियारले बताए।
नवगठित सञ्चार तथा सूचना प्रविधि विभागको उपप्रमुखमा हरीशप्रसाद भट्ट, सदस्यहरूमा रोशनी अधिकारी, आशिष जोशी रेग्मी, कृष्णा ताम्राकार, सूर्यदीप रेग्मी, उद्धवराज भेटवाल, नरेश भण्डारी र मनन महर्जन चयन भएका छन्।
यसैगरी पार्टीका प्रवक्ता शरदराज पाठक र केन्द्रीय कार्यालय व्यवस्थापन विभाग प्रमुख दीपक प्रसाद उप्रेती विभागको पदेन सदस्य रहेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment