निर्वाचन आयोगले नेकपाका दुबै समूहलाई मान्यता नदिने !
फाइल फाेटाे।
काठमाडौं। नेकपाको कुन समूहलाई आधिकारिकता दिने भन्ने विषयमा अन्योल र अनिश्चितता बढेका बेला निर्वाचन आयोगले भने कानुन ल्याएर दर्ता खोल्ने कामलाई तीव्रता दिएको छ।
नेकपका दुवै पक्षले आफू आधिकारिक भएको दाबी गरिरहेका बेला आयोगले कुनै पनि समूहलाई मान्यता नदिइ कानुन ल्याएर दल दर्ता खोल्ने कामलाई अगाडि बढाएको हो।
गत मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचनको तयारी बुझ्न भन्दै निर्वाचन आयोग पुगेका थिए, निर्वाचनको तयारीका विषयमा जानकारी दिने क्रममा ओलीले आफू जन्मिँदै सूर्य चिन्हबाट जन्मिएको र आफू नै आधिकारिक भएको दाबी गरेका थिए।
दल दर्ता प्रक्रिया अगाडि बढेपछि ओली समूह र प्रचण्ड समूह आफू आधिकारिक भएको दाबी गर्दै आयोगमा पुग्ने र त्यसपछि मात्रै आयोग आधिकारिकताको विषयमा प्रवेश गर्ने बताइएको छ।
२०७४ सालको निर्वाचनमा प्रचण्डलाई आफूले सूर्य चिन्हबाट चुनाव लढ्न आग्रह गरेपनि उनी हँसिया हथौडा लिएर चुनाव लडेका कारण पनि प्रचण्डले सूर्य चिन्ह दाबी गर्न नमिल्ने जिकिर गरेका थिए।
त्यसको भोलिपल्ट बुधबार आयोजित विरोधसभामा प्रचण्डले आधिकारिकता आफूलाई दिन ओलीले आयोगलाई धम्याएको भन्दै त्यसो नगर्न आयोगका पदाधिकारीलाई धम्की दिएका थिए।
यो अवस्थामा दबावलाई सामना गर्न आयोगले भने आधिकारिकता कसैलाई पनि समूहलाई नदिइ कानुन ल्याएर दल दर्ता प्रक्रिया अगाडि बढाउने तयारीमा पुगेको हो।
प्रतिनिधिसभा विघटन विरुद्धको रिट उपर संवैधानिक इजलासमा सुनुवाइ जारी रहेका बेला अदालतबाट फैसला नआउन्जेल आयोगले दुवै समूहलाई मान्यता नदिने रणनीनि लिएको हो। ‘सर्वोच्च अदालतको फैसला नआउुन्जेल आयोग नेकपा विवादमा किन पस्ने भन्ने ढंगले छलफल भएको छ,’ आयोग स्रोतले भन्यो, ‘संसद पुनस्थापना कि मध्यावधि भन्ने विषयमा सर्वोच्चको फैसला आएपछि मात्रै आयोग नेकपाको आधिकारिकताका विषयमा प्रवेश गर्नेछ।’
दल दर्ता प्रक्रिया अगाडि बढेपछि ओली समूह र प्रचण्ड समूह आफू आधिकारिक भएको दाबी गर्दै आयोगमा पुग्ने र त्यसपछि मात्रै आयोग आधिकारिकताको विषयमा प्रवेश गर्ने बताइएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment