आप्रवासी श्रमिकबारे एनआरएनए र आइओएमबीच छलफल

डिसी नेपाल
३ फागुन २०७७ २२:३१
48
Shares

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष कुमार पन्त र अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइओएम)का नेपाल प्रमुख लोरेना ल्याण्डोकाबीच आप्रवासी श्रमिकको हकहितबारे छलफल भएको छ।

बैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकहरुको भलाई तथा अन्य सरोकारका क्षेत्रमा रणनीतिक साझेदारीका विषयमा सोमबार दुबै पक्षबीच छलफल भएको हो।
छलफलमा मुख्यतया द्विपक्षीय हितका विषयमा कुराकानी भएको छ। विशेष गरेर दुबै संस्थाबीच आगामी दिनहरुमा साझा उद्देश्य तथा अन्य सरोकारका क्षेत्रमा कसरी काम गर्न सकिन्छ भन्ने विषयमा कुराकानी भएको छ।

वैदेशिक रोजगारीमा रहेका नेपालीका हकमा काम गर्न आइओएम नेपाल प्रमुख लोरेनाले चासो देखाएका थिए। छलफलमा बैदेशिक रोजगार तथा कल्याणकारी विभागका तर्फबाट कार्यक्रम व्यवस्थापक रोजेन्द्रकुमार राउतको समेत उपस्थिति रहेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *