प्रतिनिधिसभा विघटन विरूद्धकाे रिट : एमिकस क्युरीको बहस आजदेखि

डिसी नेपाल
४ फागुन २०७७ ८:२३
72
Shares

काठमाडाैं। प्रतिनिधिसभा विघटन विरूद्धकाे रिट उपर पक्ष र विपक्षको बहस तथा निवेदकतर्फको जवाफ सोमबार सकिएसँगै  आजदेखि एमिकस कयुरीकाे बहस सुरू हुँदैछ।

माघ ४ बाट निरन्तर सुनुवाइ भइरहेको संवैधानिक इजलासमा मंगलबारदेखि एमिकस क्युरीले राय दिने क्रम प्रारम्भ हुनेछ। इजलासले मंलबारदेखि एमिकसको धारणा सुन्ने जनाउ दिइसकेको छ ।

अदालतको आदेशअनुसार नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनबाट पाँच जना एमिकस क्युरीका रूपमा सिफारिस भएका छन्। नेपाल बारले वरिष्ठ अधिवक्ताहरू बद्रीबहादुर कार्की, विजयकान्त मैनाली र सतिशकृष्ण खरेललाई एमिकसमा सिफारिस गरेको छ।

उनीहरूले संसद् विघटनसम्बन्धी मुद्दामा अदालतलाई राय दिनेछन्। एमिकस क्युरिको रायपछि करिब एक हप्तामा फैसला आउने  बताइएकाे छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *