प्रतिनिधिसभा विघटन विरूद्धकाे रिट : एमिकस क्युरीको बहस आजदेखि

काठमाडाैं। प्रतिनिधिसभा विघटन विरूद्धकाे रिट उपर पक्ष र विपक्षको बहस तथा निवेदकतर्फको जवाफ सोमबार सकिएसँगै आजदेखि एमिकस कयुरीकाे बहस सुरू हुँदैछ।
माघ ४ बाट निरन्तर सुनुवाइ भइरहेको संवैधानिक इजलासमा मंगलबारदेखि एमिकस क्युरीले राय दिने क्रम प्रारम्भ हुनेछ। इजलासले मंलबारदेखि एमिकसको धारणा सुन्ने जनाउ दिइसकेको छ ।
अदालतको आदेशअनुसार नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनबाट पाँच जना एमिकस क्युरीका रूपमा सिफारिस भएका छन्। नेपाल बारले वरिष्ठ अधिवक्ताहरू बद्रीबहादुर कार्की, विजयकान्त मैनाली र सतिशकृष्ण खरेललाई एमिकसमा सिफारिस गरेको छ।
उनीहरूले संसद् विघटनसम्बन्धी मुद्दामा अदालतलाई राय दिनेछन्। एमिकस क्युरिको रायपछि करिब एक हप्तामा फैसला आउने बताइएकाे छ।
प्रतिक्रिया
Facebook Comment