सुशान्त सिंह राजपुतका सहकर्मीले पनि गरे आत्महत्या

डिसी नेपाल
४ फागुन २०७७ १५:४४

काठमाडौं। फिल्म ‘एमएस धोनीः द अनटोल्ड स्टोरी’मा सुशान्त सिंह राजपुतको मित्रको भूमिकामा देखिएका अभिनेता सन्दिप नाहरले पनि आत्महत्या गरेका छन् । फिल्मका मुख्य कलाकार सुशान्तले यसअघि नै आत्महत्या गरेका छन् । यसअघि सोमबार साँझ ९ बजे उनले सामाजिक संजालमा ९ मिनेटको भिडियो र सुसाइड नोट पोस्ट गरेका थिए । पछि यी दुवै डिलिट गरियो ।

भिडियो र सुसाइड नोटमा उनले पत्नीमाथि गम्भीर आरोप लगाएका छन् । सन्दिपले आफ्नी पत्नी कञ्चन शर्माले २ वर्षमा १०० भन्दा धेरै पटक आत्महत्याको लागि भनिसकेको बताएका छन् । पत्नीले आत्महत्या गरेर आफूलाई फसाउने धम्की दिइरहेकोमा आज आफैंले यो कदम उठाउनुपरेको उनले बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *