छ देशका सेनासामु अमेरिकी राजदूतले भने-नेपाली सेना एशियाभरिकै पुरानो सेना हो

डिसी नेपाल
५ फागुन २०७७ १२:३५
20.6k
Shares

काठमाडौं। नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले नेपाली सेनालाई एशियाकै पुरानो सेना भएको बताएका छन्। कुनै पनि विदेशी कुटनीतिज्ञले नेपाली सेनालाई यसको प्राचीन ऐतिहासिकतालाई उल्लेख गर्दै पहिचान दिएको यो पहिलो अवसर हो।

नेपाली सेनाको स्टाफ कलेज शिवपुरीमा विभिन्न ६ देशका सेनाका अधिकृतहरुलाई सम्वोधन गर्दै उनले नेपाली सेनाको ऐतिहासिक पक्षबारे बोल्ने क्रममा यस्तो धारणा राखेका हुन्।

अमेरिकाजस्तो शक्ति राष्ट्रले पहिलोपल्ट नेपाली सेनको ऐतिहासिकतबारे यस्तो टिप्पणी गर्दै नेपाली सेनाप्रति उच्च सम्मान प्रकट गरेको हो। ऐतिहासिक तथ्यहरुका अनुसार, अमेरिकी सेनाको इतिहास सन् १७७५ देखि शुरु हुन्छ भने नेपाली सेना सन् १७४४ देखियता लगातार अविछिन्नरुपमा कार्यरत रहेको छ। यस हिसावले अमेरिकी सेना नेपाली सेनाभन्दा ३१ वर्षले कान्छो छ।

अमेरिकी सेनाको इतिहास सन् १७७५ देखि शुरु हुन्छ भने नेपाली सेना सन् १७४४ देखियता लगातार अविछिन्नरुपमा कार्यरत रहेको छ। यस हिसावले अमेरिकी सेना नेपाली सेनाभन्दा ३१ वर्षले कान्छो छ।

सरस्वती पूजाकै दिन फागुन ४ गते मंगलबार स्टाफ कलेज शिवपुरीमा अतिथि बक्ताका रुपमा राजदूत बेरीले भने, ‘नेपाली सेना एशियाको र संसारभरिकै पुरानोमध्येको सेना हो। यसले लामो गौरव गाथा बोकेको र देशको एकीकरणमा उल्लेख्य योगदान दिएको इतिहासमा उल्लेख पाएको छु।’

‘नेपालमा मात्र होइन विश्वव्यापीरुपमा व्यवसायिक सेनका रुपमा परिचय दिन सफल भएको छ,’ उनले भने, राष्ट्रसंघीय शान्ति सेनाका रुपमा दशकौं खटेर अन्तर्राष्ट्रिय शान्ति कायम गर्न ठूलो योगदान दिएको छ।’  नेपाली सेना र यसको स्वदेशभित्रको भूमिका र विदेशमा शान्ति कायम गर्ने सन्दर्भमा खेलेको भूमिकाबारे अमेरिकाले यसरी पहिलोपल्ट खुलस्तरुपमा प्रसंसा गरेको हो।

राजदूत बेरीले नेपाललाई एउटा अनुपम देश भन्दै यस्तो देशको सेना हुन पाउनु त्यहाँ काम गर्नेहरुका लागि गर्वको विषय भन्दै स्टाफ कलेजमा अध्ययनरत सैनिक अधिकृतहरुको मनोबल बढाएका थिए। उनले नेपाली सेना विश्वकै एउटा साहसीमध्येको सेना भएको बताएका थिए। बोल्नेक्रममा उनले प्रकृतिको संरक्षण र बन्यजन्तुको संरक्षणमा नेपाली सेनाले खेलेको भूमिकाको पनि उनले मुक्त कण्ठले प्रसंसा गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *