कपिल शर्मा शोमा फर्किने हल्लाबारे सुनिल ग्रोवरले दिए जवाफ

डिसी नेपाल
६ फागुन २०७७ १४:५६

काठमाडौं । कमेडियन सुनिल ग्रोवर द कपिल शर्मा शोमा फर्किन लागेको हल्ला पछिल्लो समय निकै चलेको छ । पुरानो दुश्मनी बिर्सिएर सुनिल कपिलको शोमा फर्किने चर्चा छ । सलमान खानका कारण यो मतभेद कम भएको समेत दावी गरिएको छ । यी हल्लामा कत्तिको सत्यता छ भन्ने प्रस्ट छैन तर सुनिलले हालै जारी गरेको भिडियोमा भने ठूलो संकेत दिइएको छ ।

हल्लाका बीच सुनिलले निकै छिटो आफ्ना फ्यानसँग भेट्न लागेको घोषणा गरेका छन् । सुनिलको यो घोषणाले फ्यानको उत्सुकता बढाइदिएको छ । यो घोषणापछि सुनिल कपिलको शोमा नभइ आफ्नै छुट्टै शो लिएर आउन लागेको अनुमान गरिएको छ । ताण्डव वेब सिरिजमा महत्वपूर्ण भूमिकामा देखिएका सुनिल पछिल्लो समय ग्याङस अफ फिल्मिस्तानमा देखिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *