रामेछापकाे मन्थलीमा बस दुर्घटना : १७ स्कुले बालबालिका घाइते

डिसी नेपाल
७ फागुन २०७७ १०:४२
80
Shares

काठमाडौं। रामेछापको मन्थली नगरपालिका वडा नं १ मच्छेडाँडीमा आज विहान बस दुर्घटना हुँदा १७ जना स्कुले बालवालिका घाइते भएका छन्।

शुक्रबारबाट मन्थलीमा शुरु हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिन सेतिदेवी मावि सालुबाट मन्थलीतर्फ आउँदै गरेको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

घाइतेहरु सबैको मन्थलीस्थित तामाकोसी अस्पतालमा उपचार भइरहेको छ। बा ५ ख २८५७ नम्बरको यात्रुबाहक बसमा सवार ५३ जना मध्ये १७ जना घाइते भएका हुन्। बसमा अधिकांश स्कुले बालबालिकाहरु रहेका थिए।

बस तीव्रगतिका कारण दुर्घटना भएको प्रहरीको जनाएको छ। एक्कासी ब्रेक लगाउँदा बस सडकमा नै पल्टिएको थियो। बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *