खुकुरी प्रहार गरी श्रीमतिको हत्या गर्ने १ जना पक्राउ

डिसी नेपाल
८ फागुन २०७७ १३:२७
368
Shares

काठमाडौं । दोलखाको कालिञ्चोकमा शनिबार विहान एक जनाले पत्नीको हत्या गरेका छन्। घरायसी विवादका कारण विहान साढे २ बजे कालिञ्चोक गाउँपालिका ६ का हिमाल थामीले पत्नीको हत्या गरेका हुन।

पत्नीको हत्या गरेर भागेका २८ वर्षीया थामीलाई प्रहरीले पक्राउ गरेको छ। २२ वर्षीया श्रीमति सुनिताको हत्या गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो।

घटनाको सूचना पाएपछि करिव सवा २ घण्टामा आरोपीलाई पक्राउ गरिएको दोलखा प्रहरीले जनाएको छ। थामीले खुकुरी प्रहार गरी सुनिताको विभत्स तरिकाले हत्या गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सुनिताको शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *