भ्यालेन्टाइन डेमा श्रीमती घुमाउन लैजाँदा अभिनेता विवेक ओबरोयविरुद्ध मुद्दा

डिसी नेपाल
८ फागुन २०७७ १४:५०

काठमाडौं। बलिउड अभिनेता विवेक ओबरोयविरुद्ध मुद्दा परेको छ । भ्यालेन्टाइन डेमा श्रीमती प्रियंका अल्वालाई मोटरसाइकलमा घुमाउन लिएर गएका विवेकविरुद्ध सोही कारण मुद्दा परेको हो । विवेकले श्रीमतीलाई घुमाउन लैजाँदाको भिडियो पनि शेयर गरेका थिए र अहिले यही भिडियोले उनको लागि समस्या सृजना गरेको छ । विवेकले बिना हेल्मेट मोटरसाइकल चलाएको र कोरोना गाइडलाइनको समेत उल्लंघन गरेको आरोपमा मुद्दा परेको छ । हेल्मेट नलगाएकोमा उनलाई ५ सय जरिवाना तिराइएको छ ।

विवेकमाथि कोरोना गाइडलाइन तोडेको आरोप पनि छ । भिडियोमा विवेक र प्रियंका दुवैले मास्क लगाएका छैनन् । विवेकविरुद्ध आइपीसी धारा १८८ र २६९ अन्तर्गत एफआइआर दर्ता गरिएको छ । विवेकले शेयर गरेको भिडियोमा फ्यानहरुले पनि उनलाई सुझाव दिएका थिए । फ्यानहरुले विवेकले हेल्मेट नलगाएको कुरा उठाउँदै सुरक्षा पहिलो प्राथमिकता हुनुपर्ने बताएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *