ललितपुरबाट जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ

डिसी नेपाल
८ फागुन २०७७ २१:१७

ललितपुर । ललितपुरको सुनाकोठीबाट जुवातास खेलिरहेको अवस्थामा १७ जनालाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर महानगरपालिका २६ सुनाकोठीस्थित अजय महर्जनको घरमा जुवातास खेलिरहेको अवस्थामा गोदावरी नगरपालिका १२ ठेचो बस्ने ४३ वर्षीय राम बहादुर लामासहित १७ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

जुवातास खेलाइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
उनीहरुको साथबाट प्रहरीले १९ बुक तास, १६ थान कौडा, ५ थान क्यारेमको गोटी, १ सय ५० थान सिमीको दाना र नगद ३० लाख ८४ हजार ४ सय रुपैयाँ सहित फेला पारेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *