दुर्लभ हात्तीमाथि नग्न फोटो खिचाएकोमा टेनिस स्टारकी छोरीले माफी मागिन्

डिसी नेपाल
९ फागुन २०७७ १०:४४

काठमाडौं। इन्स्टाग्राम लाइकको लागि इण्डोनेसियाको बालीमा दुर्लभ हात्तीमाथि नग्न फोटो खिचाएकी एक रुसी इन्फ्लुएन्सरले माफी मागेकी छिन् । रुसी टेनिस स्टार येभ्गेनी कफेल्निकोभकी २२ वर्षकी छोरी अलेस्या कफेल्निकोभाले गत हप्ता ‘नेचुरल भाइब्स’ क्याप्सनसहित एउटा फोटो शेयर गरेकी थिइन् । अर्को पोस्टमा उनले हात्तीमाथि लग्न पोजसहित फोटो पोस्ट गरेकी थिइन् ।

 

View this post on Instagram

 

A post shared by Alesya Kaf (@kafelnikova_a)

यो पोस्ट शेयर भएसँगै केहीले ‘जीवनमै पहिलो पटक म हात्ती बन्न चाहन्छु’ भन्दै प्रतिक्रिया दिएका थिए तर अन्य प्रयोगकर्ताहरु भने आक्रोशित भए । धेरैले अलेस्याको आलोचना गरेका थिए । केहीले यसलाई जनावरमाथिको हिंसा भनेका थिए । अलेस्याले यसको लागि माफी माग्दै गर्दा उनका आलोचकहरुले अद्भूत सुन्दरतामा अश्लीलता देखेको समेत बताएकी छिन् । सफाइ दिँदै अलेस्याले आफूले बालीमा जनावर र बालिनेसे गाउँको लागि डोनेसन दिएको समेत बताइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *