करिना कपूरले दोस्रो सन्तान जन्माइन्

डिसी नेपाल
९ फागुन २०७७ ११:२२

काठमाडौं। बलिउड अभिनेत्री करिना कपूरले दोस्रो सन्तान जन्माएकी छिन् । करिना कपूर र सैफ अली खान दोस्रो छोराका पिता बनेका छन् । करिनाले आइतबार राती मुम्बइको ब्रिज क्याण्डी अस्पतालमा दोस्रो छोरा जन्माएकी हुन् । उनलाई आइतबार नै अस्पतालमा भर्ना गरिएको थियो । करिनाले यसअघि २०१६ मा तैमुर अली खानलाई जन्म दिएकी थिइन् ।

सैफ अली खान र करिना कपूरले १६ अक्टोबर २०१२ मा बिहे गरेका थिए । २० डिसेम्बर २०१६ मा उनीहरुको जेठा छोरा तैमुर अली खानको जन्म भएको थियो । १२ अगष्ट २०२० मा सारा अली खानको २५ औं जन्मदिनमा सैफ करिनाले आफूहरु दोस्रो सन्तानको अभिभावक बन्न लागेको घोषणा गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *