संसारकै हट हजुरआमा !

डिसी नेपाल
१० फागुन २०७७ १२:२७

काठमाडौं। गिना स्टेवार्टले आफू हजुरआमा भएको बताउँदा मानिसहरुले विश्वास गर्दैनन् । उमेरलाई चुनौती दिने यी मोडल संसारकै हट हजुरआमाको रुपमा चिनिन्छिन् । उनलाई देखेर उनी ५० वर्षकी हुन् भन्ने विश्वास लाग्दैन । पछिल्लो पोस्टमा त उनी स्कुले केटीजस्तै देखिएकी छिन् । मिनिस्कर्टमा उनको यो फोटोमा फ्यानहरुको लाइकको ओइरो लाग्यो ।

गिनाले डेलीस्टारसँग कुरा गर्दै आफ्नो यो लुकका केही रहस्य खोलेकी छिन् । उनले शारीरिक अभ्यास र स्वस्थ खानाजत्तिकै महत्वपूर्ण मानसिक स्वास्थ्य पनि हुने बताएकी छिन् । उनले भनिन् ‘म यसमा मस्तिस्कको शक्ति पनि उत्तिकै हुन्छ भन्ने विश्वास गर्छु । दिमागमा शान्ति कायम गर्नु, कुन कुराले मलाई तनाव दिन्छ भन्ने कुराको पहिचान गर्नु र त्यो तनाव सकेसम्म कम गर्दा पनि स्वस्थ र सुन्दर रहन सकिन्छ ।’

उनले अगाडि भनिन् ‘म अत्याधिक उत्साहित वा तनावमा भएँ भने मैले आफैंभित्र शान्तिपूर्ण वातावरण सृजना गर्छु । म सकारात्मक सोचको शक्तिमा विश्वास गर्छु र नकारात्मकतालाई घटाउने वा हटाउनेतर्फ ध्यान दिन्छु ।’ आफूलाई जवान राखिराख्न यी हजुरआमा नियमित पैदल हिँड्छिन्, पर्याप्त पानी पिउँछिन् र स्वस्थकर खाना खान्छिन् । उनले भनिन् ‘म समुद्र किनारमा बस्छु र समुद्रछेउमा नाङ्गो खुट्टाले हिँड्छु । दिनमा १० हजार पाइला पर्याप्त हुन्छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *