एक हप्तामा तीन पटक प्रधानमन्त्री जंगी अड्डामा

डिसी नेपाल
१० फागुन २०७७ १३:५४

काठमाडौं। नेपालको राजनीतिमा अनेक अड्कलबाजी चलिरहँदा रक्षामन्त्रीको समेत कार्यभाल सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय नेपाली सेनाले आयोजना गरेको कार्यक्रममा सहभागी हुने क्रम बढ्दो छ।

प्रधानमन्त्री ओली एक हप्तामा तीन पटक जंगी अड्डामा आयोजित कार्यक्रममा सहभागी भए। हरेक कार्यक्रम प्रधानमन्त्री ओलीले राष्ट्र, राष्ट्रियता र नेपाली सेनाका बारेमा बोल्ने गरेका छन्।

आइतबार नेपाली सेनाको राष्ट्रिय सेवा दलद्वारा जंगी अड्डामा आयोजित कार्यक्रममा पनि प्रधानमन्त्री ओलीले नेपाली सेनाको मुक्तकण्ठले प्रसंशा गरे। उनले ५५ वर्षको इतिहास बोकेको राष्ट्रिय सेवा दल र त्यसमार्फत गरिने क्रियाकलाप एउटा फरक र महत्वपूर्ण प्रयास भएको भन्दै प्रशंसा गरे।

‘५५ वर्षको इतिहास बोकेको यो प्रयासको सिलसिलालाई म सम्मान गर्न चाहन्छु। ५५ वर्षको इतिहास बोकेको यस राष्ट्रिय सेवा दलको एउटा परम्परा र थिति बनेको छ,’ प्रधानमन्त्री ओलीले भने। नेपाली सेना अन्तर्गत रहने राष्ट्रिय सेवा दल माध्यामिक तहका विद्यार्थीलाई राष्ट्र,  राष्ट्रियता र सैनिक सेवाका विषयमा सिकाउन संस्था हो।

त्यसअघि अघिल्लो हप्ता पनि प्रधानमन्त्री ओली दुई पटक जंगी अड्डीमा आयोजित कार्यक्रममा सहभागी भएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *