सर्वोच्चको फैसला आउने संघारमा सुरक्षा परिषद बैठक

डिसी नेपाल
११ फागुन २०७७ ८:४१

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषदको बैठका बोलाएका छन्। मंगलबार विहान नौ बजे बस्ने बैठकमा मुलुकको सुरक्षा चुनौतीका विषयमा छलफल हुने बताइएको छ।

पुस पाँच गते प्रतिनिधिसभा विघटन भएसँगै त्यस उपर परेका रिटमाथि संवैधानिक इजलासमा सुनुवाई सकिएको छ। सर्वोच्चले केही दिनभित्रै प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटमाथिको फैशला सुनाउँदै छ। त्यसैको पूर्व सन्ध्यामा प्रधानमन्त्री ओलीले सुरक्षा परिषदको बैठक बोलाएका हुन्।

सर्वोच्चले प्रतिनिधिसभा पुनःस्थापना गरेपनि वा प्रधानमन्त्रीको कदमलाई सदर गरेपनि त्यसपछि उत्पन्न हुने परिस्थितिका विषयमा छलफल गर्न बैठक बोलाइएको स्रोतले जनाएको छ।

सोमबार प्रधानसेनापति पूर्णचन्द्र थापा प्रधानन्यायाधीश चेलेन्द्र शमशेर जबरालाई भेट्न सर्वोच्च अदालत पुगेपछि विभिन्न अड्कालबाजी भएरहेका बेला त्यसैको भोलिपल्ट सुरक्षा परिषद बैठक बोलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। यसअघि कात्तिक ५ गते सुरक्षा परिषदको बैठक बसेको थियो।

प्रधानमन्त्री अध्यक्ष रहने सुरक्षा परिषदको सदस्यमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्यसचिव र प्रधानसेनापति रहने व्यवस्था छ । परिषद्को सदस्यसचिव भने रक्षाका सचिव हुन्छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *