प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसलापछि चारवटै सुरक्षा निकायका प्रमुखसँग प्रधानमन्त्रीको छलफल

डिसी नेपाल
११ फागुन २०७७ १९:५४

काठमाडौं। सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला सुनाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले नेपाली नेताका प्रधानसेनापति, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरीका महानिरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसँग छलफल गरेका हुन्।

प्रतिनिधिसभा पुनःस्थापना भइसकेपछिको परिस्थितिको अवस्था बुझ्न प्रधानमन्त्री ओलीले चारवटै सुरक्षा निकायका प्रमुखलाई बालुवाटार बोलाएर छलफल गरेको स्रोतले जनाएको छ।

यसअघि प्रधानमन्त्री ओलीले मंगलबार विहान सुरक्षा परिषदको बैठक बोलाएका थिए। बैठकमा पछिल्लो सुरक्षा अवस्थाका विषयमा छलफल भएको थियो। विहान सुरक्षा परिषदको बैठक बोलाए पनि फेरि साँझ चारवटै सुरक्षा निकायका प्रमुखलाई बोलाएर छलफल गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

प्रधानमन्त्री ओलीले पार्टीभित्रको आन्तरिक विवादपछि पुस पाँच गते प्रतितिधिसभा विघटन गर्दै बैशाख १७ र २७ गते दुई चरणमा निर्वाचनको मिति घोषणा गरेका थिए। प्रधानमन्त्री ओली प्रतिनिधिसभा विघटनलाई सर्वोच्चले सदर गर्ने बताउँदै आएका थिए। तर आज साँझ सर्वोच्चले प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैशला गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *