सर्वोच्चको फैसला विवादास्पद छ, प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुहुने छैनः प्रेस सल्लाहकार

डिसी नेपाल
११ फागुन २०७७ २२:३८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने बताएका छन्। सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गर्दै पुनःस्थापना हुने फैसला गरेसँगै थापाले फैसला विवादास्पद रहेको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै सर्वोच्च अदालतले गरेको फैसला विवादास्पद भएपनि कार्यान्वयन गर्नुपर्ने भन्दै यसका दुष्प्रभावहरू भविष्यमा देखिदैं जाने बताएका छन् ।

फैसलाले राजनीतिक समस्याहरूको कुनै हल नहुने भन्दै उनले देशमा अस्थिरता अझै बढ्ने र सत्ताको खेल पनि बढ्ने उनले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *