भावी रणनीति तय गर्न नेकपा (ओली ) समूहले बोलायो स्थायी कमिटी बैठक

डिसी नेपाल
१२ फागुन २०७७ ७:२०
876
Shares

काठमाडौं। सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछिको अवस्थाका विषयमा छलफल गर्न नेकपा ओली समूहले स्थायी कमिटीको बैठक बोलाएको छ।

बुधबार विहान ११ बजे बालुवाटारमा बस्ने बैठकमा प्रधानमन्त्रीसमेत रहेको सो समूहका अध्यक्ष केपी शर्मा ओलीले आगामी कदमका विषयमा आफ्नो धारणा सार्वजनिक गर्ने ओली निकट स्रोतले जनाएको छ।

सर्वोच्च अदालतले मंगलबार प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला सुनाउँदै १३ दिनभित्र संसद अधिवेशन बोलाउन आदेश दिएपछि रणनीति बनाउन ओली समूहले स्थायी कमिटी बैठक बोलाएको हो।

उता नेकपाकै प्रचण्ड–माधव नेपाल समूहले आजै अपरान्ह चार बजे संंसदीय दलको बैठक बोलाएको छ। संसद पुनःस्थापना भएपछि उत्साहित बनेको प्रचण्ड–नेपाल समूहले ओली समूहका सांसदलाई पनि बैठकमा सहभागी हुन आह्वान गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *