सचिवालय बैठक बोलाउन ओली प्रचण्डलाई गौतमको आग्रह

डिसी नेपाल
१२ फागुन २०७७ १०:१२
344
Shares

काठमाडौं । पार्टी एकता अभियान चलाएका वामदेव गौतमले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई जना अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)लाई सचिवालय बैठक बोलाउन अनुरोध गरेका छन्। बुधबार विज्ञप्ति जारी गर्दै गौतमले सचिवालय बैठक धुम्बारहीस्थित पार्टी कार्यालयमा बोलाउन अनुरोध गरेका हुन्।

राष्ट्रपतिले प्रेस विज्ञप्तिमार्फत अदालतको निर्णयको स्वागत गर्दै प्रतिनिधिसभाको बैठक आह्वान गर्नु पर्ने र प्रधानमन्त्री ओलीले ढिला नगरी राजीनामा दिनु पर्ने गौतमको भनाइ छ।

पार्टी पुनःएकीकरणको अभियान चलाइरहेका गौतमले नेकपाको विभाजनलाई अस्वीकार गर्दै आएका छन्। आज विज्ञप्तिमार्फत ओली र दाहाललाई तुरुन्तै सचिवालय बैठक धुम्बाराहीस्थित पार्टी कार्यालायमा बोलाउन पनि अनुरोध गरेका छन्।

गौतमले सर्वोच्चले गरेको प्रतिनिधिसभा पुनःस्थापनाको निर्णयलाई ऐतिहासिक भएको पनि बताएका छन्। पुष ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि पार्टी अनौपचारिक विभाजन हुँदा गौतमले एकीकरणका लागि अभियान चलाइरहेका थिए। उनले प्रधानमन्त्री ओलीलाई राजीनामा दिन समेत भनेको छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *