प्रधानमन्त्री ओलीले राजीनामा नदिने, प्रतिनिधिसभाको सामना गर्ने
फाइल तस्वीर
काठमाडौं। सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गरेपछि चौतर्फी रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्न थालिएको छ।
प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमलाई असंवैधानिक भन्दै सर्वोच्च अदालतले मंगलबार प्रतिनिधिसभा पुनःस्थापना गरेपछि प्रधानमन्त्री ओलीमाथि राजीनामा गर्न दबाब बढेको छ।
तर प्रधानमन्त्री ओलीले तत्काल राजीनमा नदिने भएका छन्। ओली निकट स्रोतका अनुसार सर्वोच्चको आदेशलाई कार्यान्वयन गर्दै प्रतिनिधिसभा बैठक बोलाउने संसद बैठकको सामना गर्ने प्रधानमन्त्री ओलीको तयारी छ।
‘अहिले नै राजीनामा दिने विषयमा कुनै सोच बनाएको छैन,’ ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘सर्वोच्चको यस्तै फैसला आउँछ भन्ने मलाई तीन दिन अगाडि नै थाहा थियो। तर तपाईँहरु निरास नहुनुस्।’
सर्वोच्चको फैसललाई कार्यान्वयन गर्ने तर सर्वोच्चको फैसलाले राजनीतिक समस्याको समाधान नहुने बरु मुलुक झन् अस्थिरता हुने ओलीको विश्लेषण छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment