प्रचण्ड, नेपाल र देउवाबीच भेटवार्ता

डिसी नेपाल
१२ फागुन २०७७ १४:०७
236
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका अध्यक्ष द्वय पुष्पकमल दाहाल (प्रचण्ड) र माधव कुमार नेपालले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गरेका छन्।

चितवनमा हुने कार्यक्रमका लागि त्याँहा पुगेका अध्यक्षद्वय कार्यक्रम छोडेर काठमाडौं फकिएका थिए। चितवन पुगेपछि मङ्गलबार साँझ सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरेपछि विरोधसभालाई विजयसभाका रूपमा परिणत गरिएको थियो।

प्रचण्ड र नेपाल चिवतवनबाट फर्किएपछि आजै सभापति देउवासँग भेट्न देउवा निवास पुगेको नेपाल निकट स्रोतले जनाएको छ।

स्रोतले भन्यो, नयाँ परिस्थिति निर्माण भएपछि अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुनेछ।’ केही समयअघि प्रतिनिधिसभा पुनःस्थापना भए आफू प्रधानमन्त्री नबन्ने दाबी गरेका थिए।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *