चीन र ओलीलाई भाजपा नेताको गाली

डिसी नेपाल
१३ फागुन २०७७ १७:३०

काठमाडौं। भारतको सत्ताधारी दल भारतीय जनता पार्टीका एक नेताले नेपालको पछिल्लो घटनाक्रमलाई लिएर नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र छिमेकी देश चीनविरुद्ध कटाक्ष गरेका छन् । उनले प्रधानमन्त्री ओलीलाई अहिले ‘घरको न घाटको’ भएको टिप्पणी गर्दै ओलीको यो अवस्था आउनुको कारण चिनियाँ प्रभाव रहेको पनि बताएका छन् ।

स्वामीले चीनको प्रभावले ओलीको यस्तो अवस्था आएको बताउँदै यसबाट पाठ सिकेर भारतले चिनियाँ प्रभावविरुद्ध लड्न सिक्नुपर्ने बताएका छन् । नेपालमा ओलीको कदम उल्टिएसँगै अब चिनियाँहरुको लागि भूमिका हुने बताउँदै उनले अब सन्तुलन कायम गर्नको लागि भारतले निपुण कदम चाल्नुपर्ने बताएका छन् ।

उनले ट्वीटरमा लेखेका छन् ‘सम्भवतः नेपाल चाँडै लोकतन्त्रमा फर्केर गठबन्धन सरकार गठन गर्नेछ । ओलीको चाल ‘घरको न घाटको’ बनेदेखि भारतले चिनियाँ प्रभावविरुद्ध लड्न सिक्नुपर्छ । अब चिनियाँको भूमिका हुनेछ । त्यसैले सन्तुलन कायम राख्न भारतले निपुण (मूर्ख होइन) राजनैतिक कदम चाल्नु पर्दछ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *