कांग्रेस हतारिएर सरकारमा जाँदैन : सिंह
फाइल फाेटाे
भक्तपुर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले कांग्रेस अहिले हतारिएर सरकारमा नजाने बताएका छन् । मध्यपुरथिमि नगरपालिका–३ कौशल्टारमा कांग्रेसका युवा नेता एवं खेलाडी अष्ट कँवेले रु तीन करोडको लागतमा आजदेखि सञ्चालनमा ल्याएको फिटनेश सेन्टर, स्नोकर हाउस एवं वर्गर हाउसको उद्घाटन गर्दै उनले प्रतिपक्षमै बस्ने जनादेश भएकाले कांग्रेस पाँच वर्ष प्रतिपक्षमै बस्नुपर्ने बताए ।
नेकपाको संसदीय दल अहिले पनि सक्रिय रहेको र पार्टी वैधानिक रुपमा नफुटेका अवस्थामा कांग्रेस सरकारमा गए फसिने बताउँदै नेता सिंहले भने, “कांग्रेसले अहिले यो गर्छु, त्यो गर्छु भनेर आफँै फस्ने गरी सरकारमा जान हतारमा निर्णय गर्नु हुँदैन, कम्युनिष्टले हामी सरकार चलाउन सक्दैनौ भनेर आए मात्रै सोच्ने कुरा हो ।”
कार्यक्रममा खेलाडी एवं नेता कवेँले राजनीति गर्ने व्यक्तिले व्यवसाय आफैँ शुरु गर्नुपर्छ भन्ने मान्यताका साथ निरोग, स्वस्थ्य जीवन र खेलकूदमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले आफूले हाउस सञ्चालनमा ल्याएको बताए ।
हाउसले देशविदेशमा प्रतिस्पर्धा गर्दै पदक जित्न सक्ने गरी दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले ‘फिटनेस, बडिबिल्डिङ, एरोबिक्स, जुम्बा, स्टिम, सावना, स्नोकर र द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन’ सञ्चालनमा ल्याइएको जनाएको छ । त्यसबाट हुने आम्दानीको २० प्रतिशत सामाजिक सेवा र खेलकूदको विकासमा खर्च गर्ने गरिने बताइएको छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment