महामारीकाे प्रभाव : ९७ प्रतिशत उद्योगको उत्पादन घट्यो, घरेलु उद्योगको अवस्था जर्जर

उपेन्द्र शाही
१४ फागुन २०७७ ७:०५

काठमाडौं। कोरोना भाइरस फैलिएको एक वर्ष बितिसकेको छ। सन् २०१९ को डिसेम्बर महिनामा चीनको वुहान प्रान्तबाट फैलिएको महामारीले पुरै मानव समुदायलाई प्रभावित बनायो।

विश्वसमुदायले महामारी नियन्त्रणका लागि गरेका अनेक प्रयासका वावजुद यो महामारीबाट संसारका प्रायः सबै देशहरु प्रभावित भएका छन्। महामारीको बहुआयामिक प्रभावहरु देखा परे। जसमध्ये विश्व अर्थतन्त्रलाई महामारीले कोमामा पुर्यायो। विश्वका ठूला अर्थतन्त्र भएका मूलुकको अर्थतन्त्रमा तीन प्रतिशतसम्म गिरावट आउने आँकलन गरिएको छ।

यस्तै उपभोक्ताको आम्दानीमा आउने ह्रासले वस्तु तथा सेवाको उपभोगको दरमा न्यूनिकरण भयो। अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०२० मा विश्व अर्थतन्त्र ४ दशमलव ९ प्रतिशतले संकुचन हुने प्रक्षेपण गरेको छ।

नेपालमा कोरोना भाइरस २४ जनवरी २०२० मा पहिलो पटक देखा परेको थियो। त्यसपछि भाइरस न्यूनिकरण गर्नको लागि सरकारले अन्तर्राष्ट्रिय हवाई उडानमा प्रतिबन्ध लगायो। नेपाल सरकारले मिति २०७६ चैत ११ गतेदेखि लकडाउन बन्दाबन्दीको घोषणा गरेको थियो। अन्तर्राष्ट्रिय आवागमनमा भएको प्रतिबन्ध र देशव्यापी बन्दाबन्दीका कारण देशव्यापी जनजीवन थप असहज बन्न पुग्यो।

राष्ट्र बैंकले गरेको एक अध्यनले ९६ दशमलव ७ प्रतिशत उद्योगहरुको ७३ दशमलव ८ प्रतिशत औद्योगिक उत्पादन र कारोबार घटेको देखाएको छ। अध्यनले १० दशमलव ८१ प्रतिशत उद्योग पूर्णरुपमा बन्द हुन पुगेको देखाएको छ।

यहीबीचमा नेपाल राष्ट्र बैंकले गरेको एक अध्यनले ९६ दशमलव ७ प्रतिशत उद्योगहरुको ७३ दशमलव ८ प्रतिशत औद्योगिक उत्पादन र कारोबार घटेको देखाएको छ। अध्यनले १० दशमलव ८१ प्रतिशत उद्योग पूर्णरुपमा बन्द हुन पुगेको देखाएको छ। हाल ८९ दशमलव १९ प्रतिशत उद्योग व्यवसाय आशिंक रुपमा मात्रै सञ्चालनमा रहेका छन्। पूर्ण बन्द हुने उद्योग व्यवसायमा साना तथा घरेलु उद्योगको संख्या ७५ प्रतिशत रहेको छ।

यस्तै ५४ प्रतिशत उद्योगहरुको उत्पादन क्षमतामा उल्लेख्य ह्रास आएको छ। उत्पादनमा ह्रास आउने उद्योगमा पनि लघु तथा घरेलु उद्योगको संख्या धेरै छ। जसमा ७५ प्रतिशत साना तथा घरेलु उद्योग रहेका छन्।

कोभिड १९ को प्रभावका कारण अधिकांश उद्योगहरु नोक्सानमा रहेको अध्यनले देखाएको छ। १६ दशमलव २२ प्रतिशत उद्योगहरु नाफामा छन्, तसी मध्ये ६६ दशमलव ६७ प्रतिशत ठूला उद्योग रहेका छन्। सबैभन्दा धेरै साना तथा घरेलु उद्योग कम नाफामा छन्।

उक्त अध्यन अनुसार २२ दशमलव ५ प्रतिशत श्रमिकले रोजगारी गुमाएका छन्। जसमा अन्य क्षेत्रको तुलनामा लघु, घरेलु तथा साना उद्योगहरुले उल्लेखनीय रुपमा श्रमिकको कटौति गरेका छन्।

त्यसपछि क्रमश साना, मझौला र ठूला उद्योगमा काम गर्ने श्रमिकले रोजगारी गुमाएको उक्त अध्यनले देखाएको छ। लैगिंक हिसावमा महिलाको तुलनामा पुरुषहरुले धेरै संख्यामा रोजगारी गुमाएका छन्।

समस्या र समाधान

विश्वव्यापी महमारीले अर्थतन्त्रलाई थिलथिलो बनाएको छ। यस्तो अवस्थामा अर्थतन्त्र पुर्नउत्थानका लागि सरकारले उचित कार्यक्रम नल्याएको व्यवसायीहरुको गुनासो छ। व्यवसायीहरुले पछिल्लो समय विकसीत राजनीतिक घटनाक्रमले अझ धेरै चिन्तित र त्रसित बनाएको बताएका छन्।

महामारीकोले सिर्जित समस्याको समाधान गर्न सरकारले कही कार्यक्रम ल्यापनि त्यसको कार्यन्वयन नभएको व्यवसायी मन्दिप गिरीले बताए। कार्यन्वयन भएका कार्यक्रमले पनि छुनु पर्ने पक्षलाई छुन सकेको छैन।

खासगरी सरकारले व्याजदरमा विशेष छुट दिनु पर्ने, सहुलियत दरमा ऋण दिनुपर्ने, विद्युतको डिमाण्ड शुल्क तय गर्दा उत्पादनको आधारमा गरिनुपर्ने, कर्जा तिर्नु पर्ने अवधि थप गरिनु पर्ने, नहुने, अन्तशुल्क र भ्याटको दरमा पुर्नमूल्याकंन गरिनु पर्ने, सरकारले घोषणा गरेका सहुलियत तुरुन्त पाउनु पर्ने, करमा विशेष छुटदिनुपर्ने, घरभाडा   छुट दिनुपर्ने लगाएतका समस्याको समाधान हुनुपर्ने बताउँछन्।

लघु, घरेलु, साना तथा मझौला उद्योगीहरुले सञ्चालन पुँजीको अभावकै कारण व्यवसाय नै बन्द गर्नुपर्ने अवस्थामा पुगेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *