भृकुटी कागज कारखानाको व्यवस्थापन तथा श्रमिकहरूको बक्यौता तत्काल भुक्तानी गर्न प्रधानमन्त्रीलाई ज्ञापन

डिसी नेपाल
२१ वैशाख २०८३ १५:२१

काठमाडौं। नवलपुर गैंडाकोट नगरपालिका स्थित भृकुटी कागज कारखानाको व्यवस्थापन तथा श्रमिकहरूको बक्यौता तत्काल भुक्तानीको माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापन पठाइएको छ।

सफा सुन्दर हरियाली गैंडाकोट निरन्तर शनिबार अभियान’ले सोमबार नवलपरासीका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेमार्फत प्रधानमन्त्री वालेन्द्र शाहलाई ज्ञापन पठाइएको हो।

अभियानका संयोजक गणेश सापकोटाका अनुसार भृकुटी कागज कारखानामा कार्यरत ३३३ जना श्रमिकहरूको बक्यौता पारिश्रमिक (करिब ४० करोड रुपैयाँ) तत्काल राज्यको पहलमा भुक्तानी गर्न, करिब ६० बिघा जग्गालाई यथाशीघ्र व्यवस्थापन गरी कृषि, उद्योग वा नमूना व्यवस्थित बजारका रूपमा विकास गर्ने स्पष्ट योजना बनाई कार्यान्वयन गर्न माग गर्दै ज्ञापन बुझाइएको हो।

आफूहरुले बुझाएका मागहरुका बारेमा पाँच दिनभित्र सम्बोधन नभए आन्दोलनका कार्यक्रमहरु अगाडि सारिने संयोजक सापकोटाले जानकारी दिए।

वि.सं. २०४० सालमा स्थापना भई निरन्तर रुपमा चल्दै आएको कारखाना मिति २०६७ साल देखि पूर्ण रूपमा बन्द भई जिर्ण अवस्थामा छ।

राज्यको स्वामित्वमा स्थापना भई सञ्चालनमा रहेको उक्त उद्योग पछि निजी क्षेत्र (गोल्छा समूह) लाई हस्तान्तरण गरिएको यस कारखाना अहिले खण्डहरको रूपमा हामी सबैको माझमा दुव्र्यसनीको स्थल भएको छ भने हुरी बतास आँधीबेहरी आउँदा वरपरका स्थानीय वासिन्दा खण्डहरका टीन उड़ाएर मानव वस्तीमा डर र त्रास बढेको सापकोटाको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *