लेडी गागाका चोरी भएका दुई कुकुर फिर्ता ल्याइदिनेलाई पौने ६ करोड रुपैयाँ पुरस्कार

डिसी नेपाल
१४ फागुन २०७७ १०:०५

काठमाडौं। ओस्कार तथा ग्रामी अवार्ड विजेता गायिका लेडी गागाका चोरी भएका दुई कुकुर फिर्ता गर्नेले ५ लाख डलर (६ करोड ७८ लाख रुपैयाँ) पुरस्कार पाउनेछन् । बुधबार साँझ हलिउडमा लेडी गागाका कुकुर घुमाउने व्यक्तिलाई गोली हानेर कसैले उनका दुई फ्रेन्च बुलडगहरु चोरी गरेको थियो । लेडी गागानिकट दुई स्रोतलाई उद्धृत गर्दै एनबीसीन्यूजले उनले घोषणा गरेको पुरस्कारबारे जानकारी दिएको छ ।

 

View this post on Instagram

 

A post shared by Lady Gaga (@ladygaga)

स्रोतका अनुसार यी पपस्टारले जोसुकैसँग कुकुर भए पनि फिर्ता गरेमा आधा मिलियन डलर दिइने र कुनै प्रश्न नसोधिने बताएकी छिन् । उनले कुकुर भएका व्यक्तिका लागि एउटा इमेल ठेगाना पनि जारी गरेकी छिन् जुन इमेलमार्फत ती व्यक्तिले पुरस्कार प्राप्त गर्न सक्नेछन् । उनका हराइरहेका दुई कुकुरको नाम कोजी र गुस्ताव हो।

लस एन्जलस पुलिसका अनुसार उनका कुकुर घुमाउने व्यक्तिलाई नर्थ सिएरा बोनिता एभेन्यूको १५०० ब्लकमा स्थानीय समयअनुसार बेलुकी लगभग ९ः४० बजे अज्ञात पुरुषले गोली हानेर मारेका थिए । ती व्यक्तिलाई सिडार–सिनाई मेडिकल सेन्टरमा लगिएको पुलिसले जनाएको छ । गागा नजिकका स्रोतहरूअनुसार उनले स्वास्थ्यलाभ गरिरहेका छन् । अधिकारीहरूले गोली हान्ने व्यक्तिको खोजी गरिरहेका छन्, जसले सेमिअटोमेटिक बन्दुक प्रयोग गरेको र घटनास्थलबाट सेतो गाडीमा भागेको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *