पार्टी एकताका लागि बामदेव गौतम सक्रिय
फाइल फाेटाे।
काठमाडौं। पुस पाँच गने प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि दुई समूहका विभाजित बनेको पार्टीलाई पुन एकीकरण गर्ने अभियान चलाएका नेकपा नेता बामदेव गौतम फेरि सक्रिय भएका छन्।
बिहीबार एकतका लागि भन्दै नेकपा प्रचण्ड–माधव नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका गौतम शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेट गरेका छन्।
पार्टी एकताको अभियान नै चलाएका गौतमले निर्वाचन आयोगले पार्टी विभाजनलाई मान्यता नदिएको भन्दै एकता अभियानलाई तीव्रता दिएका हुन्।
प्रधानमन्त्री ओलीसँग पनि गौतमले पार्टी एकताको भूमिका निर्वाह गर्न आग्रह गरेको गौतम निकट स्रोतले जनाएको छ। नेकपा दुई समूहमा विभाजित हुँदा गौतम कुनै पनि समूहका लागेका छैनन्। उनले पार्टी एकता अभियान चलाएका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment