कट्रिना कैफकी बहिनी इसाबेलको बलिउड डेब्यू, फिल्मको ट्रेलर रिलिज

डिसी नेपाल
१६ फागुन २०७७ १०:४५

काठमाडौं। बलिउडकी चर्चित अभिनेत्री कट्रिना कैफकी बहिनी इसाबेल कैफ पनि बलिउडमा आउँदैछिन् । यसै वर्ष उनको डेब्यू फिल्म रिलिज हुँदैछ । इसाबेलको डेब्यू फिल्म ‘टाइम टु डान्स’को ट्रेलर रिलिज भएको छ । फिल्म २०२१ को मार्च १२ मा रिलिज हुँदैछ । फिल्मकी निर्देशक रेमो डिसुजाकी पत्नी लिगेल डिसुजा हुन् ।

फिल्ममा वालुस्चा डिसुजा र राजपाल यादव पनि देखिनेछन् । टाइम टु डान्स एक रोमान्टिक प्रेमकथा हो जसमा डान्सको महत्वपूर्ण भूमिका हुनेछ । फिल्ममा इसाबेलसँग सुरज पन्चोली मुख्य भूमिकामा देखिनेछन् । सुरज आदित्य पन्चोलीका छोरा हुन् । सुरज पन्चोलीलाई सलमान खानले २०१५ मा फिल्म हिरोबाट लन्च गरेका थिए । यही फिल्मबाट सुनील शेट्टीकी छोरी आथिया शेट्टीले पनि डेब्यू गरेकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *