कोरोना नियन्त्रणमा नेपाल विश्वको १ प्रतिशत देशमा पर्छ : प्रधानमन्त्री ओली

डिसी नेपाल
१७ फागुन २०७७ ७:११

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कोरोना नियन्त्रणमा २/३ नम्बरमा परेको दाबी गरेका छन्। उनले विश्वमा कोरोनाको राम्रो रिजल्ट भएका १ प्रतिशत देशमा नेपाल परेको बताए।

हिमालयन टेलिभिजनसँगको अन्तरवार्तामा प्रधानमन्त्री ओलीले भने, ‘झण्डै २ सय देश छन्। त्यसमा नेपाल २/३ नम्बरमा पर्छ। हामीभन्दा धेरै सम्पन्न देशहरुले पनि त्यस्तो गरेको छैनन्, हामीले गरेका छौं।’

हाल ८३ ठाउँबाट कोरोनाको परीक्षण हुने र हजारौंको संख्यामा परीक्षण गर्न सकिएको प्रधानमन्त्री ओलीको भनाइ छ। उनले भने, ‘पहिलो कोरोना आउँदा टेस्ट गर्ने मेसिन थिएन। अहिले ८३ ठाउँबाट धेरै हजारको संख्यामा टेस्ट हुन्छ।’

प्रधानमन्त्री ओलीले संसदमा बेसार पानीले कोरोना निको हुन्छ भनेपछि ट्रोल समेत भएका थिए। उनले त्यो विषयवस्तुलाई लिएर उडाउनेलाई मुर्खहरुको संज्ञा दिएका छन्। उनले भने, ‘राति बेसार पानी खाने, दिउँसो आएर आन्दोलन गर्नेहरु पनि देखिए। बेसामा औषधीय गुण हुन्छ। हामीले हाम्रो भान्सालाई नै प्रयोग गरेर निरोगी हुनुपर्छ भन्दा उडाए। यी सबै मुर्खहरु हुन्, मुर्खहरुको कामै उडाउने हो।’

आफू प्रधानमन्त्री भएपछि निरोगी नेपाल बनाउने संकल्प गरेको पनि प्रधानमन्त्री ओलीले बताए। उनले भने, ‘म प्रधानमन्त्री भएपछि निरोगी नेपाल बनाउँने संकल्प गरेको छु। हाम्रो स्वास्थ्य नीतिको मूल कुरो भनेको निरोगी नेपाल हो। बिरामी भएपछि अस्पताल लाने भन्दा बिरामी हुनै नदिने कुरा सिकाउनु पर्छ।’

फेरि पनि कोरोनाको बारेमा सन्देश दिँदै प्रधानमन्त्रीले भने, ‘कोरोना लाग्यो भने, लागेर छिपियो भने मान्छे मर्न सक्छ। हामीले त्यो लाग्नै नदिने कोशिश गर्नु पर्छ । केही कारण नाकमा, मुखमा र घाटीँसम्म पुगे पनि त्यसलाई बगाउने तर्फ लाग्नु पर्छ। नुनपानी वा अम्बाको पातको तातोपानीले गाग्रिल ग-यो भने कोरोना लाग्न नै पाउँदैन।’

उनले प्रधानमन्त्रीबाट आफूलाई हटाएर देखाउन समेत चुनौती दिएका छन्। प्रश्नको उत्तर दिँदै ओलीले आफू सर्वसम्बत संसदीय दलको नेता तथा प्रधानमन्त्री भएकाले हटाउन चुनौती दिएका हुन।

संसदीय दलका नेता देव गुरुङले दलको कानुन अनुसार काम नगरेकोले हटाउको उनको टिप्पणी छ। उनले पार्टी प्रवक्ता नारायण काजी श्रेष्ठलाई पनि पार्टीको पद्धति अनुसार काम नगरेकाले हटाएको जवाफ दिए। ओलीले पार्टी आफूसँग भएको र विभाजन नभएको बताएका छन्। ओली प्रचण्ड समूहलाई चोइटिएर गएको उनको भनाइ छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *