स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाउने नेकपा प्रचण्ड–नेपाल समूहको निर्णय
काठमाडौं। नेकपा प्रचण्ड–माधव नेपाल समूहले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ। सोमबार विहान बसेको सो समूहको सचिवालय बैठकले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। तर यी दुवै बैठकको मिति भने तय गरिएको छैन।
सोमबार विहान सचिवालय बैठकमा अध्यक्षद्वय प्रचण्ड र माधव नेपालले पछिल्लो राजनीतिक अवस्थाबारे ब्रिफिङ गरेका थिए। त्यस लगत्तै अन्य नेताहरु पनि बैठकमा सहभागी भएका थिए।
पूर्व माओवादी पक्षको संसदीय दलको कार्यालय रहेको भवनमा बसेको बैठकले निर्वाचन आयोगलार्य पार्टीको आधिकारिता सम्बन्धी विवादलाई चाँडो टुंग्याउन आग्रह गर्ने निर्णय भएको श्रेष्ठले जानकारी दिए।
यसैगरी बैठकले प्रमुख सचेतक परिवर्तन गरिएको विषयको कुनै अर्थ र औचित्य नभएको निष्कर्ष निकालेको प्रवक्ता श्रेष्ठले जानकारी दिए।
सचिवालय बैठक भनिएपनि बैठकमा नेताहरु रामनारायण विडारी, देवेन्द्र पौडेल, भिम रावल, नारायणकाजी श्रेष्ठ, देवप्रसाद गुरुङ, वर्षमान पुन, घनश्याम भुसाल,लगायत नेताहरु पनि सहभागी थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment